ख्रिष्टियन जीवन
यहोवाले तपाईँको प्रार्थनाको जवाफ कसरी दिँदै हुनुहुन्छ?
बाइबलमा यहोवाले जवाफ दिनुभएका थुप्रै प्रार्थना छन्। यहोवाका सेवकहरूले उहाँलाई आफ्ना चिन्ता-फिक्री पोखाउँदा उहाँले तिनीहरूको प्रार्थना सुन्नुभयो र तिनीहरूलाई मदत गर्नुभयो। यसले गर्दा तिनीहरूको विश्वास बलियो भयो। हामी पनि तोकेरै यहोवालाई प्रार्थना गर्न सक्छौँ अनि उहाँले कसरी हाम्रो प्रार्थनाको जवाफ दिनुभयो भनेर बुझ्ने कोसिस गर्न सक्छौँ। यहोवाले प्रार्थनाको जवाफ दिनुहुँदा हामीले सोचेकोभन्दा फरक अथवा हामीले मागेको भन्दा धेरै पनि दिन सक्नुहुन्छ। (२को १२:७-९; एफि ३:२०) यहोवाले के-कस्ता तरिकामा हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ?
-
समस्यासित जुझ्न शारीरिक, भावनात्मक र आध्यात्मिक बल दिनुहुन्छ।—फिलि ४:१३
-
सही निर्णय गर्न बुद्धि दिनुहुन्छ।—या १:५
-
कदम चाल्न इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्न शक्ति पनि दिनुहुन्छ।—फिलि २:१३
-
चिन्तित हुँदा मनोशान्ति दिनुहुन्छ।—फिलि ४:६, ७
-
हामीलाई भौतिक र भावनात्मक मदत दिन अरूलाई चलाउनुहुन्छ।—१यु ३:१७, १८
-
हामीले जसको लागि प्रार्थना गरेका थियौँ, उहाँ तिनलाई मदत गर्नुहुन्छ।—प्रे १२:५, ११
यहोवा “प्रार्थना सुन्नुहुने परमेश्वर” हुनुहुन्छ भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
स्वास्थ्य समस्याले गर्दा हामीले गर्न सक्ने कुरा सीमित छ भने भाइ सिमिजुको उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ?
-
हामी भाइ सिमिजुको उदाहरण कसरी अनुकरण गर्न सक्छौँ?