बाइबलमा पाइने अनमोल धन
सुलेमानले मानिसहरूसामु नम्र भई मनैदेखि प्रार्थना गरे
मन्दिर समर्पणको बेला सुलेमानले मानिसहरूसामु मनैदेखि यहोवालाई प्रार्थना गरे (१रा ८:२२; w०९ ११/१ पृ. १६ अनु. ९-१०)
सुलेमानले यहोवाको प्रशंसा गरे; तिनले मानिसहरूको ध्यान आफूतर्फ खिचेनन् (१रा ८:२३, २४)
सुलेमानले नम्र भई प्रार्थना गरे (१रा ८:२७; w९९ १/१५ पृ. १७ अनु. ७-८)
सुलेमान प्रार्थना गर्न सन्दर्भमा राम्रो उदाहरण हुन्, विशेषगरि जनसमक्ष प्रार्थना गर्नेहरूका लागि। मानिसहरूसामु हाम्रो प्रार्थना कस्तो सुनिन्छ भन्ने कुरामा भन्दा यहोवासामु हाम्रो प्रार्थना कस्तो सुनिन्छ, त्यसमा ध्यान दिनुपर्छ।