ख्रिष्टियन जीवन | नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्
आवश्यकता धेरै भएको ठाउँमा सर्नुहोस्
आफ्नो सेवा विस्तार गर्नको लागि आफूलाई बानी परिसकेको ठाउँ छोडेर नयाँ ठाउँमा जान विश्वास चाहिन्छ। (हिब्रू ११:८-१०) यदि तपाईँ नयाँ ठाउँमा बसाइँ सर्नेबारे सोच्दै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ? यसबारे एल्डरहरूसित कुरा गर्नुहोस्। नयाँ ठाउँमा सर्नको लागि कति खर्च लाग्छ अनि कुन ठाउँमा सर्ने हो भनेर पत्ता लगाउन केही कदम चाल्न सक्नुहुन्छ। जस्तै: यससम्बन्धी हाम्रा प्रकाशनहरूमा के-कस्ता कुराहरू छन्, हेर्नुहोस्। अनि नयाँ ठाउँमा बसाइँ सरेर अनुभव बटुलिसकेका व्यक्तिहरूसित कुरा गर्नुहोस्। (हित १५:२२) यहोवालाई प्रार्थना गर्नुहोस् अनि उहाँको निर्देशन माग्नुहोस्। (या १:५) त्यो नयाँ ठाउँ कस्तो छ भन्नेबारे थप कुराहरू पत्ता लगाउनुहोस्। यदि सम्भव छ भने तपाईँले सोच्नुभएको नयाँ ठाउँमा एक दुई दिन मात्र होइन, त्योभन्दा अलि लामो समय बिताउनुहोस्। त्यसपछि मात्र त्यो ठाउँमा बसाइँ सर्ने कि नसर्ने निर्णय गर्नुहोस्।
विश्वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्—आवश्यकता धेरै भएको ठाउँमा सर्नुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
गेब्रियलले आफ्नो सोचाइमा कस्ता छाँटकाँट गर्नुपऱ्यो? त्यसो गर्न तिनलाई केले मदत गऱ्यो?