सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ

तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ

यहोवा परिवारहरू खुसी भएको चाहनुहुन्छ। (भज १२७:३-५; उप ९:९; ११:९) तर विभिन्‍न तनाव अनि परिवारका सदस्यहरूको गल्तीले गर्दा हाम्रो आनन्द खलबलिन सक्छ। त्यसोभए परिवारको आनन्द बढाउन प्रत्येक सदस्यले के गर्न सक्छन्‌?

पति आफ्नी पत्नीको आदर गर्छन्‌। (१प ३:७) उनीसित समय बिताउँछन्‌। तिनी पत्नीबाट आशा गर्ने कुराहरूको सन्दर्भमा व्यावहारिक हुन्छन्‌; तिनको अनि परिवारको लागि पत्नीले गरेको मेहनतको लागि कृतज्ञता व्यक्‍त गर्छन्‌। (कल ३:१५) तिनी पत्नीलाई माया व्यक्‍त गर्छन्‌ र उनको प्रशंसा गर्छन्‌।—हित ३१:२८, ३१.

पत्नी आफ्नो पतिलाई साथ दिने तरिकाहरू खोज्छिन्‌। (हित ३१:१२) उनी पतिको अधीनमा बस्छिन्‌ र तिनलाई मदत गर्छिन्‌। (कल ३:१८) उनी पतिसित दयालु भई कुरा गर्छिन्‌ र अरूसित पतिबारे नकारात्मक कुरा गर्दिनन्‌।—हित ३१:२६.

आमाबुबा आफ्ना छोराछोरीसित समय बिताउँछन्‌। (व्य ६:६, ७) तिनीहरू छोराछोरीलाई माया गरेको कुरा बताउँछन्‌। (मत्ति ३:१७) तिनीहरू मायालुपूर्वक अनि विवेकी भई अनुशासन दिन्छन्‌।—एफि ६:४.

छोराछोरी आमाबुबाको आदर गर्छन्‌ र आज्ञाकारी हुन्छन्‌। (हित २३:२२) तिनीहरू आमाबुबालाई आफ्नो विचार अनि भावना व्यक्‍त गर्छन्‌। तिनीहरू आमाबुबाले दिएको अनुशासन स्विकार्छन्‌ र उनीहरूको सम्मान गर्छन्‌।—हित १९:२०.

परिवारमा आनन्द खेती गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

• परिवारमा आनन्द खेती गर्न प्रत्येक सदस्यले के गरे?