सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

नयाँ सेवा वर्षको लागि तपाईँले कस्ता लक्ष्यहरू राख्नुभएको छ?

नयाँ सेवा वर्षको लागि तपाईँले कस्ता लक्ष्यहरू राख्नुभएको छ?

आध्यात्मिक लक्ष्यहरूमा तनमनले यहोवाको सेवा गर्न र उहाँलाई खुसी बनाउन हामीले गर्ने सबै कुरा समावेश छ। लक्ष्यहरूले हामीलाई परिपक्व ख्रिष्टियन हुन मदत गर्छ। ती लक्ष्यहरू हासिल गर्न हामीले खर्च गरेको समय र शक्‍ति खेर जानेछैन। (१ति ४:१५) हामीले किन नियमित रूपमा आफ्ना लक्ष्यहरू केलाउनुपर्छ? किनकि हाम्रो अवस्था सधैँ एकैनासको हुँदैन। अवस्था परिवर्तन भएकोले पहिले राखेको लक्ष्य अहिले हासिल गर्न सक्दैनौँ होला वा त्यो हासिल गरिसक्यौँ होला। त्यसैले हामी अर्को लक्ष्य राख्न सक्छौँ।

नयाँ सेवा वर्ष सुरु हुनुअघि नै आफ्ना लक्ष्यहरू केलाउनु राम्रो हो। यसबारे पारिवारिक उपासनामा छलफल गरेर आफूले अनि पूरै परिवारले हासिल गर्न सक्ने केही लक्ष्य राखे कसो होला?

निम्न क्षेत्रहरूको लागि तपाईँले कस्ता लक्ष्यहरू राख्नुभएको छ अनि ती हासिल गर्न के-कस्ता कदम चाल्ने योजना बनाउनुभएको छ?

बाइबल पढ्‌ने, व्यक्‍तिगत अध्ययन गर्ने, सभामा उपस्थित हुने, टिप्पणी दिने—w०२ ६/१५ पृ. १५ अनु. १४-१५

साक्षीकार्य—w२३.०५ पृ. २७ अनु. ४-५

ख्रिष्टियन गुणहरू—w२२.०४ पृ. २३ अनु. ५-६

अन्य: