सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

सेप्टेम्बर महिनामा परमेश्‍वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान!

सेप्टेम्बर महिनामा परमेश्‍वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान!

सेप्टेम्बर महिनामा हामी परमेश्‍वरको राज्यले मात्र मानिसजातिको सम्पूर्ण समस्या समाधान गर्नेछ भनेर मानिसहरूलाई बताउन अथक प्रयास गर्नेछौँ। (मत्ति २४:१४) तपाईँ कसरी यस अभियानमा भाग लिन सक्नुहुन्छ? त्यस महिना धेरैभन्दा धेरै मानिसलाई परमेश्‍वरको राज्यबारे उल्लेख गरिएको शास्त्रपद देखाउनुहोस्‌। कसैले चासो देखाएमा तिनलाई प्रहरीधरहरा जनसंस्करण सङ्‌ख्या २, २०२० दिनुहोस्‌। त्यसपछि तिनलाई सकेसम्म छिटो पुनःभेट गर्नुहोस्‌ र सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका चलाएर बाइबल अध्ययन सुरु गर्न प्रयास गर्नुहोस्‌। सेप्टेम्बर महिनामा सहायक अग्रगामी सेवा गर्नेहरूले १५ घण्टा गर्ने कि ३० घण्टा गर्ने भनेर छनौट गर्न सक्छन्‌।

परमेश्‍वरको राज्यले चाँडै सबै विरोधी सरकारलाई चकनाचुर पार्नेछ। (दा २:४४; १को १५:२४, २५) त्यसैले यहोवा र उहाँको राज्यलाई पूर्ण समर्थन गरेको देखाउन यस अभियानमा पूरापूर भाग लेऔँ!