सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्‌

यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्‌

अटल प्रेम देखाउने सन्दर्भमा यहोवा उत्कृष्ट उदाहरण हुनुहुन्छ। (भज १०३:११, फुटनोट) यो केवल पलभरमै हराएर जाने प्रेम होइन। अटल प्रेम प्रगाढ हुन्छ अनि सधैँभरि टिकिरहन्छ। यहोवा परमेश्‍वरले थुप्रै तरिकामा इस्राएलीहरूलाई अटल प्रेम देखाउनुभयो। उहाँले तिनीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभयो र तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा ल्याउनुभयो। (भज १०५:४२-४४) उहाँ आफ्ना जनहरूको लागि लड्‌नुभयो र तिनीहरूले पाप गर्दा पटक-पटक क्षमा दिनुभयो। (भज १०७:१९, २०) “यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार” गऱ्‍यौँ भने हामी उहाँको अनुकरण गर्न उत्प्रेरित हुनेछौँ।—भज १०७:४३.

यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हामी के-कस्ता तरिकामा अटल प्रेम देखाउन सक्छौँ?

  • अटल प्रेम देखाउन किन त्यागहरू गर्नुपर्ने हुन्छ?