सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

साथीहरू छान्दा यहोवाप्रति वफादार हुनुहोस्‌

साथीहरू छान्दा यहोवाप्रति वफादार हुनुहोस्‌

अम्मोनी अनि मोआबीहरू “समुदायको भाग हुन” पाउँदैन थिए किनकि तिनीहरूले विगतमा परमेश्‍वरका जनहरूको विरोध गरेका थिए (नहे १३:१, २; it-1-E पृ. ९५ अनु. ५)

प्रधानपुजारी एलियासिबले एक जना अम्मोनीलाई मन्दिरको एउटा भोजनकक्ष प्रयोग गर्न दिएका थिए (नहे १३:४, ५; w१३ ८/१५ पृ. ४ अनु. ५-६)

नहेम्याहले यहोवाको शत्रु र तिनका सम्पूर्ण सरसामान मन्दिरबाट हटाएर उहाँप्रति वफादार रहेको देखाए (नहे १३:७-९)

यहोवालाई प्रेम नगर्नेहरूलाई साथी बनायौँ भने के हामी यहोवाप्रति वफादार भइरहेका हुन्छौँ?—w९६ ३/१५ पृ. १६ अनु. ६.

आफैलाई सोध्नुहोस्‌: ‘साथीहरू छान्‍ने सन्दर्भमा मैले गरेको छनौटबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ?’