ख्रिष्टियन जीवन
तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन्
क्षेत्रीय निरीक्षक र तिनीहरूका पत्नी भाइबहिनीको सेवा गर्छन् र उनीहरूलाई आत्मत्यागी प्रेम देखाउँछन्। तिनीहरूको पनि हाम्रो जस्तै दैनिक आवश्यकताहरू हुन्छन् अनि कहिलेकाहीँ हामीले जस्तै थकित, निराश र चिन्तित महसुस गर्छन्। (या ५:१७) तैपनि तिनीहरू हरेक हप्ता जुन मण्डलीको भ्रमण गर्दै छन्, त्यहाँका भाइबहिनीलाई कसरी प्रोत्साहन दिन सकिन्छ, त्यसमा ध्यान दिन्छन्। क्षेत्रीय निरीक्षकहरू साँच्चै “दोबर आदरको योग्य” छन्।—१ति ५:१७.
प्रेषित पावलले रोमको मण्डलीलाई “केही आध्यात्मिक वरदान” दिन त्यहाँ जाने योजना बनाए। त्यतिबेला तिनी भाइबहिनीलाई “प्रोत्साहन दिन” र उनीहरूबाट पनि ‘प्रोत्साहन पाउन’ चाहन्थे। (रोमी १:११, १२) के तपाईँले क्षेत्रीय निरीक्षक र यदि विवाहित हुन् भने तिनकी पत्नीलाई कसरी प्रोत्साहन दिन सकिन्छ भनेर सोच्नुभएको छ?
दुर्गम इलाकामा सेवा गर्ने क्षेत्रीय निरीक्षकको जीवन भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
क्षेत्रीय निरीक्षक र तिनकी पत्नीले भाइबहिनीलाई कुन-कुन तरिकामा आत्मत्यागी प्रेम देखाउँछन्?
-
तिनीहरूको सेवाबाट तपाईँले व्यक्तिगत तवरमा कस्तो लाभ उठाउनुभएको छ?
-
हामी तिनीहरूलाई कसरी प्रोत्साहन दिन सक्छौँ?