ख्रिष्टियन जीवन
‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दै’
विरोधीहरूले इस्राएलीहरूलाई मन्दिर पुनर्निर्माण गर्नदेखि रोक्न खोज्दा भवन निर्माण गरिरहेकाहरूले कानुनले दिएको आफ्नो अधिकार पाउन प्रयास गरे। (एज्रा ५:११-१६) यसरी नै अहिले यहोवाका साक्षीहरूले पनि सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्न प्रयास गरिरहेका छन्। (फिलि १:७) यस कामलाई अघि बढाउन १९३६ मा विश्व मुख्यालयमा कानुन विभागको स्थापना भयो। अहिले विश्व मुख्यालयको कानुन विभागले संसारभरि नै परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई कानुनी तवरमा स्थापना गर्न विभिन्न कदम चाल्छ। यस विभागले कसरी परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउनुका साथै परमेश्वरका जनहरूको सुरक्षा गरेको छ?
विश्व मुख्यालयको कानुन विभागको भ्रमण भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
यहोवाका साक्षीहरूले कस्ता कानुनी मुद्दाहरू लड्नुपरेको छ?
-
हामीले कस्ता मुद्दाहरू जितेका छौँ? एउटा उदाहरण बताउनुहोस्।
-
‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्न’ हामी प्रत्येकले के गर्न सक्छौँ?