जुलाई १५-२१
भजन ६३-६५
गीत १०८ र प्रार्थना | परिचय (१ मि.)
१. “तपाईँको अटल प्रेम जीवनभन्दा उत्तम छ”
(१० मि.)
परमेश्वरसितको घनिष्ठ सम्बन्ध जीवनभन्दा बहुमूल्य हुन्छ (भज ६३:३; w०१ १०/१५ पृ. १५-१६ अनु. १७-१८)
यहोवाले देखाउनुभएको अटल प्रेमबारे मनन गर्दा उहाँप्रतिको हाम्रो कृतज्ञता अझ बढ्नेछ (भज ६३:६; w१९.१२ पृ. २८ अनु. ४; w१५ १०/१५ पृ. २४ अनु. ७)
कृतज्ञताले हामीलाई परमेश्वरको जयजयकार गर्न उत्प्रेरित गर्छ (भज ६३:४, ५; w०९ ७/१ पृ. २२ अनु. ६)
पारिवारिक उपासनाको लागि सुझाव: यहोवाले तपाईँलाई के-कस्ता तरिकामा अटल प्रेम देखाउनुभएको छ, छलफल गर्नुहोस्।
२. बहुमूल्य रत्न
(१० मि.)
-
भज ६४:३—यस पदअनुसार हाम्रो बोली किन उत्थानदायी हुनुपर्छ? (w०७-E ११/१५ पृ. १५ अनु. ६)
-
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज ६३:१–६४:१० (th बुँदा १२)
४. कुराकानी थाल्नुहोस्
(२ मि.) घरघरको साक्षीकार्य। तपाईँ बेग्लै भाषा बोल्ने घरधनीलाई भेट्नुहुन्छ। (lmd पाठ ३ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिनुअघि नै कुराकानी टुङ्गिन्छ। (lmd पाठ २ बुँदा ४)
६. कुराकानी थाल्नुहोस्
(३ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले कुरा गरिरहेको व्यक्तिलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस् र फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्। (lmd पाठ १ बुँदा ५)
७. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(४ मि.) प्रदर्शन। ijwfq लेख ५१—विषय: यहोवाका साक्षीहरू “मलाई चासो छैन” भन्ने मानिसहरूलाई किन फेरि भेट्न जान्छन्? (lmd पाठ ४ बुँदा ३)
गीत १५४
८. परमेश्वरलाई प्रेम गरेको हामी कसरी देखाउँछौँ?
(१५ मि.) छलफल।
यहोवा ‘अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।’ (भज ८६:१५) “अटल प्रेम” भन्ने अभिव्यक्तिले वचनबद्धता, निष्ठा, वफादारी र गहिरो स्नेहले उत्प्रेरित भएर गरिने प्रेमलाई बुझाउँछ। हुनत यहोवा सबै मानिसलाई प्रेम गर्नुहुन्छ तर “अटल प्रेम” भने आफूसित विशेष सम्बन्ध गाँसेका मानिसहरूलाई मात्र देखाउनुहुन्छ। (भज ३३:१८; ६३:३; युह ३:१६; प्रे १४:१७) यहोवाको अटल प्रेमको मोल गरेको देखाउन हामीले पनि उहाँलाई प्रेम गर्नुपर्छ। कसरी? उहाँका आज्ञाहरू पालन गरेर, जसमा ‘चेला बनाउने’ आज्ञा पनि समावेश छ। —मत्ति २८:१९; १यु ५:३.
क्षेत्र सेवामा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस् भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
प्रेमले हामीलाई निम्न अवस्थामा सुसमाचार सुनाउन कसरी उत्प्रेरित गर्छ?
-
थकित हुँदा
-
विरोधको सामना गर्नुपर्दा
-
दैनिक कामकुरामा लाग्दा
९. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १२ अनु. १४-२०