सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई २२-२८

भजन ६६-६८

जुलाई २२-२८

गीत ७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवा दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ

(१० मि.)

यहोवा हाम्रा प्रार्थना सुन्‍नुहुन्छ र जवाफ दिनुहुन्छ (भज ६६:१९; w२३.०५ पृ. १२ अनु. १५)

यहोवा दुःखमा परेकाहरूको आवश्‍यकता बुझ्नुहुन्छ (भज ६८:५; w११ ४/१ पृ. ३१ अनु. ५; w०९ ५/१ पृ. २२ अनु. १)

यहोवा हरेक दिन हामीलाई मदत गर्नुहुन्छ (भज ६८:१९; w२३.०१ पृ. १९ अनु. १७)

मननका लागि: यहोवा हाम्रो बोझ उठाउन इच्छुक हुनुहुन्छ। त्यसोभए हामीले के गर्नुपर्छ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ६८:१८—पुरातन इस्राएलमा “वरदानको रूपमा पुरुषहरू” को थिए? (w०६ ६/१ पृ. ८ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.)घरघरको साक्षीकार्य। घरधनीको भाषा, रहनसहन वा देश फरक छ। (lmd पाठ ५ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा छोडेको पर्चाबाट कुराकानी अघि बढाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. चेला बनाउनुहोस्‌

ख्रिष्टियन जीवन

गीत १०२

७. के तपाईँ कसैको बोझ हलुका बनाउन सक्नुहुन्छ?

(१५ मि.) छलफल।

परमेश्‍वरका सेवकहरूले जीवनमा थुप्रै कठिन परिस्थितिहरू भोग्छन्‌ तर हामी एक्लैले त्यसको सामना गर्नुपर्दैन। (२इ २०:१५; भज १२७:१) किन? किनभने यहोवा हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ। (यसै ४१:१०) उहाँ हामीलाई के-कस्तो तरिकामा मदत गर्नुहुन्छ? आफ्नो वचन अनि सङ्‌गठन चलाएर उहाँ हामीलाई डोऱ्‍याउनुहुन्छ। (यसै ४८:१७) उहाँ हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ। (लुका ११:१३) उहाँ हामीलाई प्रोत्साहन र व्यावहारिक मदत दिन भाइबहिनी पनि चलाउनुहुन्छ। (२को ७:६) यसको मतलब उहाँ हाम्रो बोझ हलुका बनाउन जो-कोही सङ्‌गी उपासकलाई चलाउन सक्नुहुन्छ।

मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—वृद्धवृद्धाहरूलाई भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • वृद्ध भाइ वा बहिनीको बोझ हलुका बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—पूर्ण-समय सेवकहरूलाई भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • पूर्ण-समय सेवकको बोझ हलुका बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—विदेशीहरूलाई भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • कठिन परिस्थिति भोगिरहेकाहरूको बोझ हलुका बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ८८ र प्रार्थना