सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुलाई १६-२२

लूका १०-११

जुलाई १६-२२
  • गीत १०० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • असल सामरीको दृष्टान्त”: (१० मि.)

    • लूका १०:२९-३२—सुरुमा एक जना पुजारी र पछि एक जना लेवीले सङ्‌गी यहूदीलाई मदत गरेनन्‌, जसलाई डाँकुहरूले हमला गरेका थिए [nwtsty-E लूका १०:३० को मिडियाअन्तर्गत भएको भिडियो “यरूशलेमदेखि यरिहोसम्मको बाटो” देखाउनुहोस्‌।] (w०२ ९/१ पृ. १६-१७ अनु. १४-१५)

    • लूका १०:३३-३५—एक जना सामरीले ती घाइते यहूदीलाई असाधारण प्रेम देखाए (“एक जना सामरी”, “उसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो”, “पौवाnwtsty-E लूका १०:३३, ३४ को अध्ययन नोट)

    • लूका १०:३६, ३७—हामीले आफ्नो जस्तै वर्ण वा सामाजिक प्रतिष्ठा भएका अथवा आफ्नै जात वा राष्ट्रका मानिसहरूलाई मात्र नभई सबैलाई प्रेम गर्नुपर्छ (w९८ ७/१ पृ. ३१ अनु. २)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका १०:१८—“बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखेँ” भनेर येशूले आफ्ना ७० जना चेलाहरूलाई भन्‍नुहुँदा उहाँले के सङ्‌केत गरिरहनुभएको थियो? (“बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखेंnwtsty-E अध्ययन नोट; w०८ ३/१ पृ. ३२ अनु. १)

    • लूका ११:५-९—हार नमानी मागिरहने मानिसको दृष्टान्तबाट प्रार्थना गर्ने सन्दर्भमा हामी कस्तो पाठ सिक्न सक्छौँ? (“ए साथी, मलाई तीन वटा रोटी पैंचो देऊ”, “मलाई दुःख नदेऊ”, “खुरन्धार बिन्ती गरिरहेकोलेnwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका १०:१-१६

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले आफू खाना खाँदै गरेको कुरा बताउँछन्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन