असल सामरीको दृष्टान्त
“वास्तवमा मेरो छिमेकी को हो?” भन्ने प्रश्न सोधिँदा येशूले यो दृष्टान्त बताउनुभएको थियो। (लूका १०:२५-२९) उहाँलाई ख्रीष्टियन मण्डली “हर किसिमका मानिसहरू” मिलेर बन्नेछ भनेर थाह थियो, जसमा सामरीहरू र अन्यजातिका मानिसहरू पनि हुने थिए। (यूह १२:३२) यस दृष्टान्तबाट चेलाहरूले अरूलाई प्रेम देखाउन विशेष प्रयास गर्नुपर्छ भन्ने पाठ सिके। तिनीहरूले आफ्नो भन्दा बिलकुलै फरक पृष्ठभूमि भएका मानिसहरूलाई समेत प्रेम देखाउनुपर्ने थियो।
आफैलाई सोध्नुहोस्:
-
‘फरक संस्कृतिबाट आएका भाइबहिनीबारे म कस्तो महसुस गर्छु?’
-
‘के म आफ्नो जस्तै पृष्ठभूमि भएका व्यक्तिहरूसित मात्र समय बिताउँछु?’
-
‘के म फरक पृष्ठभूमिका भाइबहिनीहरूसित राम्रो सम्बन्ध विकास गरेर अझै ठूलो मनको हुन सक्छु?’ (२को ६:१३)
म कसलाई . . .
-
सँगै प्रचारमा जान बोलाउन सक्छु?
-
घरमा खाना खान बोलाउन सक्छु?
-
अर्को पटकको पारिवारिक उपासनामा भाग लिन बोलाउन सक्छु?