ख्रीष्टियन जीवन
परमेश्वरको राज्यले १०० वर्ष पार गऱ्यो
परमेश्वरको राज्यको नागरिक हुन चाहनेहरूले त्यस राज्यबारे र त्यसले आजसम्म के-कस्ता कामहरू गर्दै आएको छ भन्नेबारे राम्रोसँग सिक्नुपर्छ। किन? यस्तो शिक्षाले परमेश्वरको राज्यले शासन गर्दै छ भन्ने कुरामा उनीहरूको विश्वास अझ बलियो बनाउँछ। साथै उनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार जोडतोडले प्रचार गर्न उत्प्रेरित गर्छ। (भज ४५:१; ४९:३) परमेश्वरको राज्यले १०० वर्ष पार गऱ्यो भिडियो हेर्दा यी प्रश्नहरूको जवाफ पत्ता लगाउनुहोस्:
-
१. सृष्टिसम्बन्धी फोटो-चलचित्र (अङ्ग्रेजी) हेर्नेहरूले कस्तो लाभ उठाए?
-
२. मानिसहरूलाई सुसमाचार सुनाउन रेडियोको प्रयोग कसरी गरियो?
-
३. सुसमाचार प्रचार गर्न अरू के-कस्ता तरिका अपनाइए र यसको परिणाम कस्तो भयो?
-
४. प्रचार गर्ने तरिकामा कस्तो उन्नति हुँदै गयो?
-
५. गिलियड स्कुलका विद्यार्थीहरूलाई कस्तो तालिम दिइयो?
-
६. यहोवाका सेवकहरूले अधिवेशनहरूबाट कसरी यहोवाको शिक्षा पाइरहेका छन्?
-
७. परमेश्वरको राज्यले शासन गर्दै छ भनेर तपाईं किन ढुक्क हुनुहुन्छ?
-
८. हामी कसरी परमेश्वरको राज्यलाई समर्थन गर्न सक्छौं?