सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्नति गर्ने—भिडियोबाट सिकाउनुहोस्

प्रचारकार्यमा अझै उन्नति गर्ने—भिडियोबाट सिकाउनुहोस्

यसो गर्नु किन महत्त्वपूर्ण छ?

भिडियोले मानिसको मन छुन्छ। भिडियो हेर्दा त्यसको जानकारी हाम्रो आँखा र कानमार्फत दिमागमा जान्छ। यसले मानिसको ध्यान सजिलै खिच्न सक्छ। भिडियोमा हेरेको कुरा पछिसम्म सम्झन सकिन्छ। दृश्य सामग्री प्रयोग गरेर सिकाउने सन्दर्भमा यहोवा सबैभन्दा राम्रो उदाहरण हुनुहुन्छ।—प्रे १०:९-१६; प्रका १:१.

सुसमाचार पुस्तिकाको पाठ २ बाट अध्ययन गराउँदा यी भिडियोहरू देखाउन सकिन्छ: के परमेश्वरको नाम छ?, बाइबलको वास्तविक लेखक को हो?के बाइबल भरपर्दो किताब हो? मानिसहरूलाई बाइबल अध्ययन गराउन र सभाहरूमा उपस्थित हुन यी भिडियोहरूले प्रोत्साहन दिन्छ: बाइबल किन पढ्‌नुपर्छ?, बाइबल अध्ययन कसरी गरिन्छ?राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? बाइबल अध्ययन गराउँदा लामो भिडियो पनि देखाउन सकिन्छ।—km ५/१३ पृ. ३.

हामी कसरी यसो गर्न सक्छौं?

  • तपाईंले देखाउन चाहनुभएको भिडियो पहिल्यै डाउनलोड गर्नुहोस्

  • भिडियोसित सम्बन्धित एउटा वा दुइटा प्रश्न तयार पार्नुहोस्

  • सँगै भिडियो हेर्नुहोस्

  • मुख्य बुँदाहरू छलफल गर्नुहोस्

यसो गरे कसो होला?

  • कुनै पर्चाको अन्तिम पानामा भएको कोड देखाउनुहोस् अनि त्यो कोड स्क्यान गरेर बाइबल किन पढ्‌नुपर्छ? भिडियो हेर्न सकिन्छ भनेर बताउनुहोस्

  • के बाइबल भरपर्दो किताब हो? भिडियो देखाउनुहोस्। त्यसपछि सुसमाचार पुस्तिकाको पाठ ३ मा ध्यान खिच्नुहोस् र पुस्तिका दिनुहोस्