सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

आमाबुबा हो, आफ्ना छोराछोरीलाई सफल हुन सक्दो मदत गर्नुहोस्‌

आमाबुबा हो, आफ्ना छोराछोरीलाई सफल हुन सक्दो मदत गर्नुहोस्‌

परमेश्‍वरको डर मान्‍ने आमाबुबाहरू आफ्ना छोराछोरी यहोवाको वफादार सेवक भएको हेर्न औधी इच्छा गर्छन्‌। त्यसको लागि आमाबुबाले सानैदेखि आफ्ना छोराछोरीको मनमा बाइबलको शिक्षा ठप्प राखिदिनुपर्छ। (व्य ६:७; हितो २२:६) यसको लागि आमाबुबाले पक्कै पनि विभिन्‍न त्याग गर्नुपर्ने हुन्छ। तर परिश्रमको फल मीठो हुन्छ।—३यू ४.

यूसुफ र मरियमबाट आमाबुबाले थुप्रै कुरा सिक्न सक्छन्‌। निकै मेहनत गर्नुपर्ने अनि धेरै खर्च लाग्ने भए तापनि तिनीहरू “हरेक वर्ष निस्तार-चाड मनाउन यरूशलेम जाने गर्थे।” (लूका २:४१) तिनीहरूले परिवारको आध्यात्मिक आवश्‍यकतालाई प्राथमिकता दिए। त्यसैगरि, अहिले पनि आमाबुबाले मौका पाउनेबित्तिकै बोली र उदाहरणद्वारा सिकाएर छोराछोरीलाई सही मार्गमा डोऱ्‍याउन सक्छन्‌।—भज १२७:३-५.

तिनीहरूले हरेक मौकाको सदुपयोग गरे भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • जोन र शेरन शिलरले बालबच्चा हुर्काउँदा कसरी यहोवाको सेवालाई प्रथम स्थान दिए?

  • आमाबुबाले किन प्रत्येक छोराछोरीको अवस्था विचार गरेर सिकाउनुपर्ने हुन्छ?

  • विश्‍वासको जाँच हुँदा वफादार रहन सकून्‌ भनेर आमाबुबाले आफ्ना छोराछोरीलाई कसरी तयार पार्न सक्छन्‌?

  • छोराछोरीलाई आध्यात्मिक रूपमा बढ्‌दै जानको लागि मदत गर्न यहोवाको सङ्‌गठनले उपलब्ध गराएको कुन-कुन सामग्री तपाईँले प्रयोग गर्नुभएको छ?

आध्यात्मिक कुराहरूलाई परिवारमा पहिलो स्थान दिनुहोस्‌