ख्रीष्टियन जीवन
ख्रीष्टको पदचिन्ह राम्ररी पछ्याउनुहोस्
येशूले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभएको छ, खासगरि परीक्षा अनि सतावट आइपर्दा हामीले उहाँको अनुकरण गर्नुपर्छ। (१प २:२१-२३) मानिसहरूले खिसी गरे तापनि उहाँले कहिल्यै त्यसको प्रतिकार गर्नुभएन। पीडा भोगिरहेको बेलामा समेत उहाँले त्यसो गर्नुभएन। (मर्कू १५:२९-३२) उहाँलाई कुन कुराले सहन मदत गऱ्यो? उहाँले यहोवाको इच्छा पूरा गर्ने अठोट गर्नुभएको थियो। (यूह ६:३८) साथै उहाँले “आफ्नो अगाडि राखिएको आनन्द”-मा ध्यान केन्द्रित गर्नुभएको थियो।—हिब्रू १२:२.
हाम्रो विश्वासको कारणले गर्दा अरूले हामीसित नराम्रो व्यवहार गरे भने हामी कस्तो प्रतिक्रिया देखाउँछौँ? साँचो ख्रीष्टियनहरू “खराबीको बदला खराबी” गर्दैनन्। (रोमी १२:१४, १७) परीक्षा आइपर्दा येशूको जस्तै प्रतिक्रिया देखायौँ भने हामी आनन्दित हुनेछौँ किनभने हामीले यहोवाको अनुमोदन पाउनेछौँ।—मत्ती ५:१०-१२; १प ४:१२-१४.
यहोवाको नामभन्दा महत्त्वपूर्ण अरू कुनै कुरा छैन भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
एकल कारावासमा छँदा बहिनी पोइटजिंगरले कसरी बुद्धिमानीसाथ आफ्नो समय प्रयोग गर्नुभयो?
-
विभिन्न यातना शिविरमा छँदा भाइ र बहिनी पोइटजिंगरले के-कस्ता चुनौतीहरू सामना गर्नुभयो?
-
उहाँहरूलाई कुन कुराले सहन मदत गऱ्यो?