सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

व्यक्‍तिगत अध्ययनलाई अझ अर्थपूर्ण बनाउनुहोस्‌

व्यक्‍तिगत अध्ययनलाई अझ अर्थपूर्ण बनाउनुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ? परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनले “सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा” बुझ्न मदत गर्छ। (एफि ३:१८) हामी यो दुष्ट संसारमा बाँचिरहेको भए तापनि अध्ययनले हामीलाई निर्दोष र सुधो रहन अनि ‘जीवनको वचनलाई बलियोसित पक्रिराख्न’ पनि मदत गर्छ। (फिलि २:१५, १६) हामीले परमेश्‍वरको वचनको अध्ययन गऱ्‍यौँ भने व्यक्‍तिगत तवरमा लागू हुने कुराहरू भेट्टाउन सक्छौँ। बाइबल पढाइ र अध्ययनबाट सकेसम्म धेरै लाभ उठाउन हामी के गर्न सक्छौँ?

हामी कसरी यसो गर्न सक्छौँ?

  • आफूले प्रयोग गर्ने छापिएको वा इलेक्ट्रोनिक फर्म्याटको बाइबलका पदहरूमा धर्सो तान्‍नुहोस्‌ र नोट लेख्नुहोस्‌

  • परमेश्‍वरको वचन पढ्‌दै जाँदा आफूलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘को? के? कहिले? कहाँ? किन? कसरी?’

  • प्रमाणहरू केलाउनुहोस्‌। उपलब्ध अनुसन्धान सामग्री प्रयोग गरेर कुनै विषय वा बाइबल पदबारे अनुसन्धान गर्नुहोस्‌

  • पढेको कुरा आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ भन्‍नेबारे मनन गर्नुहोस्‌

  • सिकेको कुरा दैनिक जीवनमा लागू गर्नुहोस्‌।—लुका ६:४७, ४८

‘बलियोसित पक्रिराख्न’ प्रभावकारी तरिकामा व्यक्‍तिगत अध्ययन गर्नुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • व्यक्‍तिगत अध्ययनबारे कसै-कसैले के बताएका छन्‌?

  • व्यक्‍तिगत अध्ययन सुरु गर्नुअघि हामीले किन हरेक चोटि प्रार्थना गर्नुपर्छ?

  • बाइबलको कुरा राम्ररी बुझ्न हामीलाई केले मदत गर्छ?

  • व्यक्‍तिगत अध्ययनको लागि प्रयोग गर्ने बाइबलमा कस्ता चिन्हहरू लगाउन सक्छौँ?

  • परमेश्‍वरको वचन अध्ययन गर्दा मनन गर्नु किन एकदमै महत्त्वपूर्ण छ?

  • हामीले सिकेको कुराहरू के गर्नुपर्छ?

“म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु! सारा दिन म त्यसैमा डुबिरहन्छु।”—भज ११९:९७