ख्रिष्टियन जीवन
यहोवालाई कस्तो लाग्छ?
सानो-ठूलो निर्णय गर्नुअघि के हामी आफैलाई यस्तो प्रश्न सोध्छौँ: ‘यहोवालाई कस्तो लाग्छ?’ हुनत हामी कहिल्यै यहोवाको विचार पूर्णतया बुझ्न सक्दैनौँ तर हामी “हरेक असल कामको लागि पूर्ण रूपमा तयार” हुन सकौँ भनेर उहाँले आवश्यक जानकारी बाइबलमा लेखिदिनुभएको छ। (२ति ३:१६, १७; रोमी ११:३३, ३४) येसु सधैँ यहोवाको इच्छाअनुसार चल्नुभयो र त्यसो गर्नु नै उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण काम थियो। (युह ४:३४) येसुको उदाहरण अनुकरण गर्दै हामी पनि यहोवालाई खुसी तुल्याउने निर्णय गर्न सक्दो गरौँ।—युह ८:२८, २९; एफि ५:१५-१७.
यहोवाको इच्छाअनुसार चलिरहनुहोस् (लेवी १९:१८) भन्ने भिडियो हेर्नुहोस् र निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
हामीले आफ्नो जीवनमा बाइबलका सिद्धान्तहरू किन लागू गर्नुपर्छ?
-
कस्तो गीत सुन्ने भनेर निर्णय गर्न बाइबलका कुन-कुन सिद्धान्तहरूले मदत गर्छ?
-
कस्तो लुगाफाटा लगाउने भनेर निर्णय गर्न बाइबलका कुन-कुन सिद्धान्तहरूले मदत गर्छ?
-
जीवनमा अरू कस्ता क्षेत्रहरूमा बाइबल सिद्धान्तहरू लागू गर्नुपर्छ?
-
यहोवाको इच्छा अझ राम्ररी बुझ्न हामी के गर्न सक्छौँ?