सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌

बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌

हामीले किन बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुपर्छ? किनभने हामी जस्तो चलचित्र हेर्छौँ, जस्तो गीत सुन्छौँ, जस्तो वेबसाइट चलाउँछौँ, जस्तो किताब पढ्‌छौँ वा जस्तो भिडियो गेम खेल्छौँ, त्यस्तै कुराहरू आफ्नो दिमागमा भरिरहेका हुन्छौँ। हाम्रो छनौटले हाम्रो आनीबानीलाई असर गर्छ। दुःखको कुरा, आज संसारमा पाइने धेरैजसो मनोरञ्जनमा यहोवाले घृणा गर्नुहुने कुरा पाइन्छ। (भज ११:५; गला ५:१९-२१) त्यसैले बाइबलले यहोवाको महिमा हुने कुरामा ध्यान दिइरहन जोड दिन्छ।—फिलि ४:८.

मैले कस्तो मनोरञ्जन छान्‍नुपर्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • आधुनिक समयको मनोरञ्जन कसरी प्राचीन रोमका योद्धाहरूको खेलजस्तै छ?

  • मण्डलीका सदस्यहरूले युवाहरूलाई बुद्धिमानीसाथ मनोरञ्जन छान्‍न कसरी मदत गर्न सक्छन्‌?

  • मनोरञ्जन छान्‍न हामीलाई रोमी १२:९ ले कसरी मदत गर्छ?

  • तपाईँको इलाकामा ख्रिष्टियनहरूले गर्न मिल्ने कस्ता मनोरञ्जनहरू छन्‌?