सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | गलाती ४-६

“प्रतीकात्मक अर्थ” भएका कुराहरू

“प्रतीकात्मक अर्थ” भएका कुराहरू

४:२४-३१

व्यवस्थाको करारभन्दा नयाँ करार उत्कृष्ट छ भनेर बुझाउन प्रेषित पावलले “प्रतीकात्मक अर्थ” भएका कुराहरूबारे बताएका थिए। ख्रिष्ट र उहाँका सह-उत्तराधिकारीहरूले मायालुपूर्वक शासन गर्दा सम्पूर्ण मानवजातिले पाप, त्रुटिपूर्ण अवस्था, दुःख र मृत्युबाट छुटकारा पाउनेछन्‌।—यसै २५:८, ९.

 

दासी हागार

व्यवस्थाको करारको अधीनमा रहेको वास्तविक इस्राएल राष्ट्र, जसको राजधानी यरुसलेम थियो

स्वतन्त्र स्त्री सारा

माथिको यरुसलेम अर्थात्‌ परमेश्‍वरको सङ्‌गठनको स्वर्गीय भाग

हागारका “छोराछोरी”

यहुदीहरूले (व्यवस्थाको करार पालन गर्ने वाचा गरेका मानिसहरू) येसुको खेदो गरे र उहाँलाई तिरस्कार गरे

साराका “छोराछोरी”

ख्रिष्ट र १ लाख ४४ हजार अभिषिक्‍त ख्रिष्टियन

व्यवस्थाको करारले दासत्वमा पाऱ्‍यो

यस करारले जन्मजात इस्राएलीहरूलाई उनीहरू पापको दासत्वमा छन्‌ भन्‍ने कुरा सम्झाउँथ्यो

नयाँ करारले स्वतन्त्रता दिन्छ

ख्रिष्टले चढाउनुभएको बलिदानमाथिको विश्‍वासले पापबाट स्वतन्त्र हुने बाटो खोल्यो