ख्रिष्टियन जीवन
अनुभवी ख्रिष्टियनहरूबाट के सिक्न सक्नुहुन्छ?
हाम्रा मण्डलीहरूमा वर्षौँदेखि यहोवाको सेवा गर्दै आउनुभएका भाइबहिनीहरू हुनुहुन्छ। उहाँहरूले यहोवामाथि राख्नुभएको भरोसाबाट थुप्रै कुरा सिक्न सक्छौँ। हामी उहाँहरूलाई यहोवाको सङ्गठनको इतिहासबारे सोध्न सक्छौँ। यहोवाको सेवा गर्दा के-कस्ता चुनौतीहरू आइपऱ्यो अनि उहाँको मदत पाएर कसरी ती चुनौतीहरूको सामना गर्नुभयो भनेर पनि सोध्न सक्छौँ। साथै उहाँहरूलाई पारिवारिक उपासनामा बोलाएर उहाँहरूको अनुभवहरू सुन्न सक्छौँ।
तपाईँ अनुभवी ख्रिष्टियन हुनुहुन्छ भने युवायुवतीहरूलाई आफ्नो अनुभव बताउन नहिचकिचाउनुहोस्। याकुब र युसुफले आफ्ना सन्तानहरूलाई यहोवाले मदत गर्नुभएको विभिन्न घटनाहरूबारे सुनाए। (उत्प ४८:२१, २२; ५०:२४, २५) पछि यहोवाले आफ्नो शक्तिशाली कामहरूबारे आफ्ना छोराछोरीलाई सिकाउनू भनेर परिवारका शिरहरूलाई आदेश दिनुभयो। (व्य ४:९, १०; भज ७८:४-७) अहिले हाम्रो समयका आमाबुबा अनि मण्डलीका अरू भाइबहिनीले पनि यहोवाले आफ्नो सङ्गठनमार्फत गर्नुभएको उदेकलाग्दा कामहरूबारे पछिको पुस्तालाई बताउन सक्छन्।
प्रतिबन्धको बाबजुद एकतामा रहँदै भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
अस्ट्रिया शाखाले हाम्रो काममा प्रतिबन्ध लागेका देशहरूका भाइबहिनीलाई कसरी मदत गऱ्यो?
-
यी देशहरूका भाइबहिनीले आफ्नो विश्वास कसरी बलियो बनाइराख्नुभयो?
-
रोमानियाका धेरैजसो प्रकाशक किन यहोवाको सङ्गठनबाट टाढा भए अनि तिनीहरू पछि कसरी फर्के?
-
यी अनुभवहरूले तपाईँको विश्वास कसरी बलियो बनायो?