सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

ईश्वरीय शिक्षाले पूर्वाग्रह हटाउँछ

ईश्वरीय शिक्षाले पूर्वाग्रह हटाउँछ

यहोवा परमेश्वर पक्षपाती हुनुहुन्न। (प्रे १०:३४, ३५) उहाँ “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” मानिसलाई स्वीकार्नुहुन्छ। (प्रका ७:९) त्यसैले पूर्वाग्रह वा पक्षपाती व्यवहार गर्नेहरूको लागि ख्रीष्टियन मण्डलीमा कुनै ठाउँ छैन। (या २:१-४) ईश्वरीय शिक्षा पाएकोले हामीले आध्यात्मिक प्रमोदवनको आनन्द उठाएका छौं। हामीले मानिसहरूको व्यक्तित्व परिवर्तन भएको देखेका छौं। (यशै ११:६-९) हाम्रो मनको कुनाकाप्चामा रहेको पूर्वाग्रही भावनालाई जरैदेखि उखेल्ने अथक प्रयास गर्दा हामीले परमेश्वरको देखासिकी गरिरहेका हुन्छौं।—एफि ५:१, २.

जोनी र गिदियोन: पहिले शत्रु तर अहिले दाजुभाइ भन्ने भिडियो हेर्नुहोस्। त्यसपछि यी प्रश्नहरूका जवाफ दिनुहोस्:

  • मानिसको प्रयासले नभई ईश्वरीय शिक्षाले भेदभाव र पूर्वाग्रह हटाउन सक्छ, किन?

  • हाम्रो अन्तरराष्ट्रिय भ्रातृत्वको कुन पक्षले तपाईंको मन छोएको छ?

  • हामीले ख्रीष्टियन एकता कायम राख्दा कसरी यहोवाको महिमा हुन्छ?