ख्रीष्टियन जीवन
“परमेश्वरको प्रेम” किताब चलाएर मन छुने तरिकामा सिकाउनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? यहोवालाई मन पर्ने तरिकामा उपासना गर्न मानिसहरूले उहाँको स्तरबारे सिक्नुपर्छ र त्यसमा विश्वस्त हुनुपर्छ। (यशै २:३, ४) अध्ययन गराउन तयार पारिएको दोस्रो प्रकाशन “परमेश्वरको प्रेम” किताबले बाइबल विद्यार्थीलाई दैनिक जीवनमा ईश्वरीय सिद्धान्तअनुसार कसरी चल्ने भनेर सिक्न मदत गर्छ। (हिब्रू ५:१४) हामीले तिनीहरूको मन छुने तरिकामा सिकाउने कोसिस गर्नुपर्छ। यसो गर्दा तिनीहरू आवश्यक छाँटकाँट गर्न उत्प्रेरित हुनेछन्।—रोमी ६:१७.
हामी कसरी यसो गर्न सक्छौं?
-
विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर राम्ररी तयारी गर्नुहोस्। तिनको विचार र भावना बुझ्न मदत गर्ने प्रश्नहरू तयार पार्नुहोस्।—हितो २०:५; be २५९
-
बाइबल सिद्धान्त लागू गर्नुको महत्त्व बुझाउन किताबमा भएका पेटीहरू प्रयोग गर्नुहोस्।
-
अन्तस्करणसित सम्बन्धित कुराहरूमा तर्क गर्न विद्यार्थीलाई मदत गर्नुहोस्। तर तिनको लागि तपाईंले निर्णय नगर्नुहोस्।—गला ६:५
-
तपाईंको विद्यार्थीलाई बाइबलको कुनै सिद्धान्त लागू गर्न मदत चाहिएको छ कि भनेर पत्ता लगाउन समझ चलाउनुहोस्। यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर छाँटकाँट गर्न विद्यार्थीलाई दयालु भई प्रोत्साहन दिनुहोस्।—हितो २७:११; यूह १४:३१