सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—“उचित मनसाय” भएकाहरूलाई चेला बन्‍न मदत गर्नुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—“उचित मनसाय” भएकाहरूलाई चेला बन्‍न मदत गर्नुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ?: यहोवा “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका व्यक्‍तिहरूको मनमा सत्यको बिउ हुर्काउनुहुन्छ। (प्रे १३:४८; १को ३:७) आफूले सिकेअनुसार गर्न कदम चाल्ने व्यक्‍तिहरूलाई मदत गर्न समय दिएर हामी यहोवासँगै काम गर्छौँ। (१को ९:२६) उद्धार पाउन बप्तिस्मा गर्नै पर्छ भनेर बाइबल विद्यार्थीहरूले बुझ्नुपर्छ। (१प ३:२१) हामी तिनीहरूलाई जीवनमा परिवर्तन गर्न, प्रचार गर्न, सिकाउन र यहोवामा जीवन समर्पण गर्न सिकाएर चेला बन्‍न मदत गर्छौँ।—मत्ति २८:१९, २०.

हामी कसरी यसो गर्न सक्छौँ?:

  • बाइबल विद्यार्थीलाई हामीले तिनीसित अध्ययन सञ्चालन गर्नुको उद्देश्‍य यहोवालाई ‘चिन्‍न’ र उहाँलाई खुसी बनाउन तिनलाई मदत गर्नु हो भनेर सम्झाउनुहोस्‌।—युह १७:३

  • तिनलाई खराब आनीबानी र खराब सङ्‌गतजस्ता विभिन्‍न बाधाअडचन पार गरेर आध्यात्मिक प्रगति गर्न मदत गर्नुहोस्‌

  • बप्तिस्मा गर्नुअघि र गरेपछि तिनलाई ढाडस र प्रोत्साहन दिनुहोस्‌।—प्रे १४:२२

यहोवाले तिमीलाई मदत गर्नुहुनेछ भन्‍ने भिडियो हेर्नुहोस्‌, त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • कोही-कोही समर्पण र बप्तिस्मा गर्नदेखि किन डराउँछन्‌?

  • एल्डरहरूले बाइबल विद्यार्थीहरूलाई आध्यात्मिक प्रगति गर्न कसरी मदत दिन सक्छन्‌?

  • यसैया ४१:१० बाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

  • त्रुटिपूर्ण भए पनि हामीलाई कुन गुणहरूले यहोवालाई स्वीकार्य हुने तरिकामा उहाँको सेवा गर्न मदत गर्नेछ?

चेला बनाउने काममा हामी कसरी यहोवासँगै काम गर्न सक्छौँ?