सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌

हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌

जेलमा छँदा पावल र सिलासले गीत गाएर यहोवाको प्रशंसा गरे। (प्रे १६:२५) अवश्‍य पनि, यसरी गीत गाउँदा तिनीहरूले सहने बल पाए। आज हामीबारे चाहिँ के भन्‍न सकिन्छ? उपासनाका लागि गाइने गीतहरू र मौलिक गीतहरूले हामीलाई हौसला दिन्छ र परीक्षामा पर्दा वफादार रहिरहन मदत गर्छ। अझ विशेषगरि यसले यहोवाको प्रशंसा गर्छ। (भज २८:७) हामीलाई कम्तीमा पनि दुई/चार वटा गीत कण्ठ पार्न प्रोत्साहन दिइएको छ। के तपाईँले त्यसो गर्ने कोसिस गर्नुभएको छ? हामी पारिवारिक उपासनामा गीत गाउन अनि गीतका शब्दहरू कण्ठ पार्न अभ्यास गर्न सक्छौँ।

साना केटाकेटीहरू गीत गाएर यहोवाको प्रशंसा गर्छन्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌, त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • राज्यगीतहरू गाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

  • कुनै गीत रेकर्ड गर्नुअघि अडियो-भिडियो विभागले कस्तो तयारी गर्छ?

  • गीत रेकर्ड गर्न केटाकेटी र उनीहरूको परिवारले कस्तो तयारी गर्छन्‌?

  • तपाईँलाई कुन-कुन राज्यगीत मन पर्छ र किन?