सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परिस्थितिअनुसार छाँटकाँट गर्नुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परिस्थितिअनुसार छाँटकाँट गर्नुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: अभिषिक्‍त जन र अरू भेडाले सबै किसिमका मानिसहरूलाई “जीवन दिने पानी सित्तैँमा” लिने निम्तो दिन्छन्‌। (प्रका २२:१७) यो प्रतीकात्मक पानीमा आज्ञाकारी मानिसजातिलाई पाप र मृत्युबाट छुटाउन यहोवाले गर्नुभएका सबै प्रबन्धहरू पर्छन्‌। फरक-फरक रीतिथिति र धार्मिक आस्था भएका मानिसहरूलाई मदत गर्न हामीले “सदा सर्वदा रहने सुसमाचार” व्यक्‍तिविशेषलाई चासो लाग्ने किसिमले प्रस्तुत गर्नुपर्छ।—प्रका १४:६.

हामी कसरी यसो गर्न सक्छौँ:

  • आफ्नो इलाकाका मानिसहरूको मन छुने विषय र शास्त्रपद छान्‍नुहोस्‌। कुनै नमुना कुराकानी वा पहिला प्रस्तुत गर्दा मानिसहरूको मन छोएको कुनै विषय छान्‍न सक्नुहुन्छ। कस्ता विषय र शास्त्रपदहरूले मानिसहरूको चासो जगाउन सक्छ? हालै समाचारमा देखाइएको कुनै घटनाको बारेमा मानिसहरूले कुराकानी गरिरहेका वा सोचिरहेका छन्‌ कि? पुरुषलाई चासो लाग्ने विषय कुन हो? अनि स्त्रीलाई नि?

  • आफ्नो इलाकामा उपयुक्‍त ठानिने अभिवादन गर्नुहोस्‌ र कुराकानीको दौडान स्थानीय चलन पछ्याउनुहोस्‌।—२को ६:३, ४

  • चासो देखाउने व्यक्‍तिसित कुरा गर्न हाम्रो शिक्षण सामग्रीमा भएका प्रकाशन र भिडियोहरूसित परिचित हुनुहोस्‌

  • तपाईँको इलाकामा भेट्‌न सकिने मानिसहरूले बोल्ने भाषाका प्रकाशनहरू डाउनलोड गर्नुहोस्‌

  • घरधनीको आवश्‍यकताअनुसार आफ्नो प्रस्तुतिमा छाँटकाँट गर्नुहोस्‌। (१को ९:१९-२३) उदाहरणको लागि, घरधनीले माया गरेको कसैको मृत्यु भएको तपाईँले थाह पाउनुभयो भने तपाईँ तिनलाई के भन्‍नुहुन्छ?

भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • प्रकाशकले घरधनीसित कुराकानी गर्न कुन विषय छाने?

  • घरधनीको जीवनमा के भइरहेको थियो?

  • यस्तो अवस्थामा कुन शास्त्रपद देखाउनु सबैभन्दा उपयुक्‍त थियो र किन?

  • तपाईँको इलाकाका मानिसहरूको चासो जगाउन तपाईँ आफ्नो प्रस्तुतिमा कसरी छाँटकाँट गर्नुहुन्छ?