सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

‘पृथ्वीले नदीलाई निल्यो’

‘पृथ्वीले नदीलाई निल्यो’

इतिहासको दौडान थुप्रै पटक सरकारी अख्तियारवालाहरूले यहोवाका जनहरूलाई मदत गरेका छन्‌। (एज्रा ६:१-१२; एस्त ८:१०-१३) आधुनिक समयमा पनि “पृथ्वीले” अर्थात्‌ यस युगका समझदार मानिसहरूले “अजिङ्‌गर” अर्थात्‌ सैतानले ल्याएको सतावटको “नदीलाई” निलेको हामीले देखेका छौँ। (प्रका १२:१६) “छुटकारा दिनुहुने परमेश्‍वर” यहोवाले कहिलेकाहीँ मानव शासकहरूलाई चलाएर आफ्ना जनहरूलाई राहत दिनुहुन्छ। —भज ६८:२०; हित २१:१.

विश्‍वासको खातिर तपाईँ जेलमा पर्नुभएको छ भने नि? यहोवा तपाईँको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा कहिल्यै शङ्‌का नगर्नुहोस्‌। (उत्प ३९:२१-२३; भज १०५:१७-२०) तपाईँले आफ्नो विश्‍वासको इनाम पाउनुहुनेछ र तपाईँ सत्यनिष्ठ रहँदा संसारभरिका भाइबहिनीले प्रोत्साहन पाउँछन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। —फिलि १:१२-१४; प्रका २:१०.

कोरियाका भाइहरू जेलबाट मुक्‍त भए भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • दक्षिण कोरियाका हाम्रा हजारौँ दाजुभाइलाई किन जेलमा हालिएको थियो?

  • अदालतले गरेका कस्ता निर्णयहरूले गर्दा हाम्रा केही दाजुभाइ सजाय पूरा नगरीकनै जेलमुक्‍त हुन सम्भव भयो?

  • विश्‍वासको खातिर अहिले जेलमा परेका संसारभरिका हाम्रा दाजुभाइलाई हामी कसरी मदत गर्न सक्छौँ?

  • आफूले अहिले पाइरहेको स्वतन्त्रता हामीले कसरी प्रयोग गर्नुपर्छ?

  • हामीले अदालतमा हासिल गरेका सबै विजयको श्रेय कसलाई जान्छ?

आफूले पाएको स्वतन्त्रता म कसरी प्रयोग गर्दै छु?