सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | लेवी १२-१३

कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्‌

कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्‌

१३:४, ५, ४५, ४६, ५२, ५७

कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थापछाडिको सिद्धान्तबाट यहोवासितको सम्बन्ध बलियो बनाइराख्नेबारे के सिक्न सक्छौँ?

  • यहोवाले पुजारीहरूलाई कुष्ठरोग तुरुन्तै पत्ता लगाउन सिकाउनुभयो। अहिले ख्रिष्टियन गोठालाहरू यहोवासितको सम्बन्ध बलियो बनाउन मदत चाहिएकाहरूलाई तुरुन्तै मदत दिन्छन्‌।—या ५:१४, १५

  • ढुसी नफैलियोस्‌ भनेर इस्राएलीहरूले ढुसी देखा परेको सबै समान नष्ट गर्नुपर्थ्यो। त्यसैगरि ख्रिष्टियनहरू आफूलाई पाप गर्न लगाउन सक्ने जुनसुकै कुरा छोड्‌न इच्छुक हुनुपर्छ, चाहे त्यो तिनीहरूको लागि अनमोल नै किन नहोस्‌। (मत्ति १८:८, ९) यसमा आनीबानी, सरसङ्‌गत वा मनोरञ्जनजस्ता कुराहरू पर्न सक्छन्‌

कुनै ख्रिष्टियनले मनैदेखि यहोवाको मदत स्विकार्न इच्छुक भएको कुरा कसरी देखाउन सक्छन्‌?