ख्रिष्टियन जीवन
पत्रिकाहरू प्रयोग गरिरहनुहोस्
सन् २०१८ देखि हाम्रा जनसंस्करण पत्रिकाहरूको प्रत्येक अङ्क कुनै एउटा खास विषयमा केन्द्रित हुँदै आएका छन्। यी सबै पत्रिका हाम्रो शिक्षण सामग्रीका भाग हुन्। त्यसैले हामी यी पत्रिकाहरू प्रचारकार्यमा प्रयोग गर्न सक्छौँ। यात्रा गर्दा वा किनमेल गर्न जाँदा यी पत्रिकाहरू आफ्नो साथमा लैजान सक्छौँ। यी पत्रिकाहरू बाइबल अध्ययन गराउने उद्देश्यले तयार पारिएका नभए तापनि यी पत्रिकाहरूले मानिसहरूमा परमेश्वरबारे सिक्ने इच्छा जगाउन सक्छ।
कुराकानी सुरु गरेपछि बाइबल पद देखाउनुहोस् र घरधनीलाई चासो लाग्ने विषयको कुनै पत्रिका देखाउनुहोस्। उदाहरणको लागि, तिनका छोराछोरी छन् अथवा तिनले तनाव वा शोकको सामना गरिरहेका छन् भने तपाईँ यसो भन्न सक्नुहुन्छ: “यस विषयमा हालै मैले एउटा राम्रो लेख पढेको थिएँ। तपाईँलाई पनि देखाऊँ?” तिनले चासो देखाएमा पहिलो भेटमै तिनलाई पत्रिकाको छापिएको प्रति दिन वा इलेक्ट्रोनिक प्रति पठाउन सक्नुहुन्छ। हुनत हाम्रो मुख्य उद्देश्य साहित्य वितरण गर्नु होइन तर यी पत्रिकाहरूमार्फत आफूले सिकेको कुरा लागू गर्न चाहने मानिसहरू भेट्टाउन सक्छौँ।—प्रे १३:४८.
२०१८
२०१९
२०२०
तपाईँको इलाकाका मानिसहरूलाई कस्ता विषयहरूमा चासो लाग्छ?