ख्रिष्टियन जीवन
के तपाईँ राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिन इच्छुक हुनुहुन्छ?
के तपाईँ २३ देखि ६५ वर्षको हुनुहुन्छ र पूर्ण समय सेवामा लागिरहनुभएको छ? के तपाईँ स्वस्थ हुनुहुन्छ? के तपाईँ आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न सक्ने अवस्थामा हुनुहुन्छ? यी प्रश्नहरूको सकारात्मक जवाफ दिनुहुन्छ भने कहिल्यै राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनेबारे सोच्नुभएको छ? यस स्कुलको पहिलो कक्षादेखि नै हजारौँ विवाहित दम्पतीले अनि अविवाहित भाइबहिनीहरूले आवेदन दिएका छन्। तर अविवाहित भाइहरूको आवश्यकता अझ बढी छ। यहोवालाई प्रसन्न तुल्याउने र उहाँको छोराको अनुकरण गर्ने इच्छा बढाइदिन उहाँसित मदत माग्नुहोस्। (भज ४०:८; मत्ति २०:२८; हिब्रू १०:७) त्यसपछि योग्य हुनको लागि व्यक्तिगत जिम्मेवारी वा अन्य दायित्व घटाउने तरिकाहरूबारे सोच्नुहोस्।
यस स्कुलबाट स्नातक भएकाहरूका लागि कस्ता सेवाको सुअवसरको ढोका खुलेको छ? केही स्नातकहरूलाई अर्कै भाषा बोलिने क्षेत्रमा खटाइएको छ भने केहीलाई विशेष महानगरीय सार्वजनिक साक्षीकार्यमा खटाइएको छ। अरूले भने पछि गएर कार्यवाहक क्षेत्रीय निरीक्षक, क्षेत्रीय निरीक्षक वा मिसनरीको रूपमा सेवा गरेका छन्। यहोवाको सेवामा अझ सक्रिय हुने विषयमा मनन गर्नुहुँदा तपाईँको मनमा पनि भविष्यवक्ता यसैयाको जस्तै मनोभाव आओस्, जसले यसो भने: “म हाजिर छु! मलाई पठाउनुहोस्!”—यसै ६:८.
मिसनरीहरू—कटनीका लागि कामदारहरू भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
मिसनरीहरू कसरी छानिन्छन्?
-
मिसनरीहरूले कस्ता राम्रा काम गरिरहेका छन्?
-
मिसनरी सेवाका केही आशिष्हरू के-के हुन्?