सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक आवश्‍यकता पूरा गर्न सिकाउनुहोस्‌

आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक आवश्‍यकता पूरा गर्न सिकाउनुहोस्‌

बाइबल विद्यार्थीहरूले आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न र परिपक्व ख्रिष्टियन बन्‍न हामीले तिनीहरूलाई सिकाउने कुरा मात्र पर्याप्त छैन। (मत्ति ५:३; हिब्रू ५:१२–६:२) तिनीहरूले आफ्नो आध्यात्मिक आवश्‍यकता आफैले पूरा गर्न सिक्नुपर्छ।

आफ्नो बाइबल विद्यार्थीहरूलाई सुरुदेखि नै बाइबल अध्ययनको लागि तयारी गर्न सिकाउनुहोस्‌ र त्यसो गर्न प्रोत्साहन पनि दिनुहोस्‌। (mwb१८.०३ पृ. ६) हरेक चोटि व्यक्‍तिगत अध्ययन गर्नुअघि प्रार्थना गर्न तिनीहरूलाई प्रोत्साहन दिनुहोस्‌। तिनीहरूलाई इलेक्ट्रोनिक सामग्रीहरू प्रयोग गर्न सिकाउनुहोस्‌। साथै jw.org र JW ब्रोडकास्टिङ-मा नयाँ के-के थपियो भनेर खोज्न सिकाउनुहोस्‌। समयको दौडान तिनीहरूलाई दिनहुँ बाइबल पढ्‌न, मण्डलीका सभाहरूको लागि तयारी गर्न र आफ्नो मनमा उठेका प्रश्‍नहरूको जवाफको लागि अनुसन्धान गर्न सिकाउनुहोस्‌। साथै सिकिरहेको कुरामा मनन गर्न तिनीहरूलाई मदत गर्नुहोस्‌।

आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक आवश्‍यकता पूरा गर्न मदत गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • निताले ग्रेसलाई अध्ययन गर्नु भनेको जवाफ भेट्टाउनु मात्र होइन भनेर कसरी बुझाइन्‌?

  • यहोवाले अवैध यौनसम्बन्ध निषेध गर्नु ठीक हो भनेर ग्रेस कसरी विश्‍वस्त भइन्‌?

  • आफ्ना बाइबल विद्यार्थीहरूलाई महत्त्वपूर्ण कुराहरू सिक्न र सिकेको कुरा लागू गर्न मदत गर्नुहोस्‌

    मननबारे ग्रेसले के बुझिन्‌?