सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌

प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌

यहोवाले नै कुनै व्यक्‍तिको मनमा सत्यको बिउ रोप्नुहुन्छ र त्यसलाई हुर्काउनुहुन्छ। (१को ३:६-९) त्यसैले साक्षीकार्यमा सफल हुन हामी यहोवामा भर पर्नुपर्छ र आफ्ना बाइबल विद्यार्थीहरूलाई पनि उहाँमा भर पर्न प्रोत्साहन दिनुपर्छ।

बाइबल विद्यार्थीहरूलाई दबाबहरू सहन र अवरोधहरूको सामना गर्न मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। (फिलि १:९, १०) समस्याबारे तोकेरै प्रार्थना गर्नुहोस्‌। आफ्नो सोचाइ र व्यवहारलाई सही बाटोमा डोऱ्‍याउन पवित्र शक्‍ति माग्नुहोस्‌। (लुका ११:१३) बाइबल विद्यार्थीहरूलाई कसरी प्रार्थना गर्ने भनेर सिकाउनुहोस्‌ र त्यसो गर्न प्रोत्साहन दिनुहोस्‌। आफ्ना बाइबल विद्यार्थीहरूसँगै र तिनीहरूको लागि नामै तोकेर प्रार्थना गर्नुहोस्‌।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌—प्रार्थना भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ग्रेससित अध्ययन गर्दा निताले कस्तो चुनौतीको सामना गरिन्‌?

  • निताले १ कोरिन्थी ३:६ बाट कस्तो मदत पाइन्‌?

  • निताले सामना गर्नुपरेको समस्या कसरी समाधान भयो?