बाइबलमा पाइने अनमोल धन
यहोवाको धीरजको सीमा छ
यहोवाले अस्सेरियालाई इस्राएलमाथि विजयी तुल्याउनुभयो (२रा १७:५, ६; w०५ ११/१५ पृ. २८-३० अनु. १६)
इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहेकाले उहाँले तिनीहरूलाई अस्सेरियालीहरूको हातमा सुम्पिदिनुभयो (२रा १७:९-१२; w१२ ७/१ पृ. २६ अनु. २; w०१ ११/१ पृ. १०-११ अनु. १०)
यहोवा परमेश्वर इस्राएलीहरूप्रति धीरजी हुनुभयो र तिनीहरूलाई पटक-पटक चेतावनी दिनुभयो (२रा १७:१३, १४)
स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा त्रुटिपूर्ण मानिसहरूप्रति धीरजी हुनुहुन्छ। (२प ३:९) तर आफ्नो उद्देश्य पूरा गर्न उहाँले दुष्टहरूलाई चाँडै नाश गर्नुहुनेछ। यो कुरा थाह पाउँदा चेतावनी सुन्न र ढिलासुस्ती नगरी साक्षीकार्यमा लागिरहन हामी किन उत्प्रेरित हुन्छौँ?