सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डिसेम्बर १६-२२

भजन ११९:५७-१२०

डिसेम्बर १६-२२

गीत १२९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामी दुःखमा पर्दा कसरी सहनशील हुन सक्छौँ?

(१० मि.)

परमेश्‍वरको वचन पढ्‌नुहोस्‌ र अध्ययन गर्नुहोस्‌ (भज ११९:६१; w०६ ७/१ पृ.१२ अनु. २; w०० १२/१ पृ. १४-१५ अनु. ३)

दुःखकष्टलाई आफू खारिने मौकाको रूपमा हेर्नुहोस्‌ (भज ११९:७१; w०६ ९/१ पृ. १९ अनु. ३)

सान्त्वनाको लागि यहोवालाई गुहार्नुहोस्‌ (भज ११९:७६; w१७.०७ पृ. १३ अनु. ३, ५)

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाले मलाई दुःख सहन के-कस्ता तरिकामा मदत गर्नुभएको छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ११९:९६—यस पदको अर्थ के हो? (w०६ ९/१ पृ. १९ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीलाई हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (lmd पाठ २ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। आउँदो जनभाषणको निम्तो दिनुहोस्‌। सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwbq लेख १५७—विषय: प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ? (lmd पाठ ३ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १२८

७. यहोवा हामीलाई सहन मदत गर्नुहुन्छ

(१५ मि.) छलफल।

हामी ख्रिष्टियनहरूले देखाउने सहनशीलता भनेको हार नमानी गाह्रो परिस्थितिको सामना गर्नु हो। यसमा परीक्षा आइपर्दा स्थिर रहनु, सही मनोवृत्ति राख्नु र आशा नमार्नु पनि समावेश छ। हामी सहनशील भयौँ भने परीक्षाहरू आइपर्दा ‘पछि हट्‌नेछैनौँ’ वा यहोवाको सेवामा सुस्ताउनेछैनौँ। (हिब्रू १०:३६-३९) यहोवा हामीलाई परीक्षाहरू आइपर्दा सहने बल दिन इच्छुक हुनुहुन्छ।—हिब्रू १३:६.

यहोवा हामीलाई कसरी सहन मदत गर्नुहुन्छ भनेर प्रत्येक पदको तल लेख्नुहोस्‌।

परीक्षा भोगिरहेकाहरूका निम्ति उत्कट बिन्ती चढाउनुहोस्‌ भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हामी कसरी jw.org प्रयोग गरेर परीक्षा भोगिरहेका भाइबहिनीहरूबारे थाह पाउन सक्छौँ?

  • आमाबुबाले छोराछोरीलाई अरूको निम्ति प्रार्थना गर्न कसरी तालिम दिन सक्छन्‌? यसो गर्दा कस्ता फाइदाहरू हुन्छन्‌?

  • हाम्रा भाइबहिनीलाई सहन मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?

  • अरूको लागि प्रार्थना गर्दा हामी परीक्षाहरू सहन कसरी मदत पाउन सक्छौँ?

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ३२ र प्रार्थना