नोभेम्बर ४-१०
भजन १०५
गीत ३ र प्रार्थना | परिचय (१ मि.)
१. “उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्न”
(१० मि.)
यहोवाले अब्राहामसित गर्नुभएको करार इसहाक र याकुबसित पनि गर्नुभयो (उत्प १५:१८; २६:३; २८:१३; भज १०५:८-११)
यहोवाको यो प्रतिज्ञा पूरा हुन असम्भव जस्तो देखिन्थ्यो (भज १०५:१२, १३; w२३.०४ पृ. २८ अनु. ११-१२)
यहोवाले अब्राहामसित गर्नुभएको करार कहिल्यै बिर्सनुभएन (भज १०५:४२-४४; it-2-E पृ. १२०१ अनु. २)
आफैलाई सोध्नुहोस्: ‘यहोवा भरोसायोग्य हुनुहुन्छ भनेर थाह पाउँदा म कुन कुरामा ढुक्क हुन सक्छु?’
२. बहुमूल्य रत्न
(१० मि.)
-
भज १०५:१७-१९—युसुफलाई कसरी ‘यहोवाको वचनले’ खाऱ्यो? (w८६-E ११/१ पृ. १९ अनु. १५)
-
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज १०५:२४-४५ (th बुँदा ५)
४. कुराकानी थाल्नुहोस्
(१ मि.) घरघरको साक्षीकार्य। घरधनी व्यस्त छन्। (lmd पाठ २ बुँदा ५)
५. कुराकानी थाल्नुहोस्
(२ मि.) घरघरको साक्षीकार्य। घरधनीले वादविवाद गर्न खोज्दा सकारात्मक तरिकामा कुराकानी टुङ्ग्याउनुहोस्। (lmd पाठ ४ बुँदा ५)
६. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले अघिल्लो भेटमा चासो देखाएको विषयमा पत्रिका दिनुहोस्। (lmd पाठ ८ बुँदा ३)
७. फेरि भेट्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। JW लाइब्रेरी एपबारे बताउनुहोस् र डाउनलोड गर्न मदत गर्नुहोस्। (lmd पाठ ९ बुँदा ५)
गीत ८४
८. येसुप्रतिको प्रेम व्यक्त गर्नुहोस्
(१५ मि.) छलफल।
हामीले राज्य गतिविधिलाई टेवा पुऱ्याउन आफ्नो समय, शक्ति र स्रोतसाधन खर्च गर्दा यहोवाले रोज्नुभएको राजा येसु ख्रिष्टप्रतिको प्रेम व्यक्त गरिरहेका हुन्छौँ। हामीले देखाएको यस्तो प्रेमले यहोवालाई खुसी बनाउँछ र हाम्रा भाइबहिनीले पनि यसबाट लाभ उठाउँछन्। (युह १४:२३) हाम्रो वेबसाइट jw.org मा “तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?” भन्ने शृङ्खलाहरूबाट हाम्रो अनुदानले विश्वभरिका भाइबहिनीलाई कत्ति ठूलो मदत पुगेको छ भनेर थाह पाउन सक्छौँ।
तपाईँको अनुदानले पुऱ्याइरहेको फाइदा भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई निम्न प्रश्नहरू सोध्नुहोस्:
-
धार्मिक स्वतन्त्रताको लागि लड्न अनुदान प्रयोग गर्दा भाइबहिनीले कस्तो लाभ उठाएका छन्?
-
अनुदानलाई “समानताको हिसाब”-ले प्रयोग गर्दा सभाभवनको निर्माणकार्यमा कसरी मदत पुगेको छ?—२को ८:१४
-
धेरै भाषामा बाइबल अनुवाद गर्ने काममा हाम्रो अनुदान प्रयोग गर्दा कस्तो फाइदा भएको छ?
९. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १७ अनु. १३-१९