सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने?

बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने?

सिकाउँछ किताब र बाइबलले सिकाउँछ किताब मिल्दोजुल्दो छ। यी दुवै किताबले एउटै सत्यबारे बताउँछ र विषयवस्तुलाई उस्तै क्रममा राखिएको छ। तर सिकाउँछ किताबमा प्रयोग गरिएका शब्द र तर्कहरू अझ सरल छन्‌। बाइबलले सिकाउँछ किताब बुझ्न गाह्रो हुनेहरूका लागि यो किताब तयार पारिएको हो। सिकाउँछ किताबमा अतिरिक्त लेखको सट्टा नोटहरू प्रयोग गरिएको छ। अनुच्छेदमा भएका केही शब्द तथा विचारलाई यी नोटहरूमा सरल तरिकामा व्याख्या गरिएको छ। यस किताबमा परिचय प्रश्न तथा पुनरावृत्ति पेटी छैन। बरु अनुच्छेदहरूमा छलफल गरिएको बाइबल सत्यलाई सारांशमा बताएर समापन गरिएको छ। बाइबलले सिकाउँछ किताबजस्तै सिकाउँछ किताब जहिले पनि प्रस्तुत गर्न सकिन्छ। यसको लागि यो किताब प्रस्तुत गर्ने महिना पर्खेर बस्नु पर्दैन। बाइबल अध्ययन सञ्चालन गर्दा सिकाउँछ किताबमा भएका महत्त्वपूर्ण विशेषताहरूलाई कसरी प्रयोग गर्न सक्छौं?

सारांश: धेरैजसोका लागि बाइबलले सिकाउँछ किताबजस्तै अनुच्छेद पढ्‌दै, प्रश्न सोध्दै बाइबल अध्ययन सञ्चालन गर्नु उपयोगी हुन्छ। तर बाइबल विद्यार्थीलाई भाषाको समस्या छ वा तिनी राम्रोसँग पढ्‌न सक्दैनन्‌ भने सिकाउँछ किताब प्रयोग गर्न सक्नुहुन्छ। अध्यायको सारांश प्रयोग गरेर अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ अनि अनुच्छेदहरूचाहिं विद्यार्थी आफैलाई पढ्‌न प्रोत्साहन दिन सक्नुहुन्छ। तपाईंले हरेक बाइबल सत्यलाई १५ मिनेटजतिमै सिकाउन सक्नुहुन्छ। यी सारांशमा अनुच्छेदका कुराहरू विस्तृत रूपमा बताइएको छैन। त्यसैले अध्ययन सञ्चालकले विद्यार्थीको आवश्यकता मनमा राख्दै राम्ररी तयारी गर्नु आवश्यक छ। अनुच्छेदहरू पढेर छलफल गर्दै हुनुहुन्छ भने यी सारांशलाई पुनरावृत्तिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ।

नोट: नोटमा भएका शब्द तथा विचारहरूलाई अनुच्छेदमा जुन क्रमअनुसार राखिएको थियो, त्यही क्रमअनुसार राखिएको छ। सिकाउँछ किताबमा भएका नोटहरूलाई अध्ययनको दौडान छलफल गर्ने कि नगर्ने भनेर अध्ययन सञ्चालकले निर्णय गर्न सक्छन्‌।