सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

युवाहरू हो—“ठूलो ढोका”-बाट छिर्न ढिलो नगर्नुहोस्

युवाहरू हो—“ठूलो ढोका”-बाट छिर्न ढिलो नगर्नुहोस्

हामी यस्तो सोच्छौं होला: ‘म सधैंभरि युवावस्थामै रहन्छु, मैले वृद्धावस्थासँगै आइपर्ने “दुःखको समय” कहिल्यै भोग्नु पर्दैन।’ यस्तो सोचाइ राख्न त सजिलो छ। (उप १२:१) यदि तपाईं युवावस्थामा हुनुहुन्छ भने पूर्ण-समय सेवा गर्नेजस्ता आध्यात्मिक लक्ष्य राख्ने विचार गर्न सक्नुहुन्छ कि?

“समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ,” यसमा युवाहरू पनि पर्छन्‌। (उप ९:११) “तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।” (या ४:१४) त्यसकारण आध्यात्मिक लक्ष्यलाई अनावश्यक रूपमा पछि नसार्नुहोस्। “सेवा गर्ने मौकाको ठूलो ढोका” खुला छँदै त्यसबाट भित्र छिर्नुहोस्। (१को १६:९) तपाईं कहिल्यै पछुताउनुपर्ने छैन।

हामीले राख्न सक्ने केही आध्यात्मिक लक्ष्यहरू:

  • विभिन्न भाषामा प्रचार गर्ने

  • अग्रगामी सेवा गर्ने

  • यहोवाको सङ्‌गठनले प्रबन्ध गरेको स्कुलहरूमा भाग लिने

  • निर्माण सेवा गर्ने

  • बेथेल सेवा गर्ने

  • क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने

तपाईंको आध्यात्मिक लक्ष्यहरू लेख्नुहोस्।