सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’

‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’

सुयोग्य पत्नीले पतिको इज्जत बढाउँछिन्‌। राजा लमूएलको समयमा सुयोग्य पत्नीका पति ‘मूल-ढोकामा लोकप्रिय’ हुन्थे। (हितो ३१:२३) आज पनि आदरणीय पुरुषहरूले एल्डर र सहायक सेवकको रूपमा सेवा गर्छन्‌। विवाहित हुन्‌ भने तिनीहरूले सेवा गर्न सक्ने/नसक्ने कुरा धेरै हदसम्म तिनीहरूका पत्नीको आचरण र सहयोगमा भर पर्छ। (१ति ३:४, ११) सुयोग्य पत्नीलाई तिनीहरूका पतिले मात्र होइन, मण्डलीले पनि कदर गर्छ।

सुयोग्य पत्नीले यसरी पतिलाई मदत गर्छिन्‌ . . .

  • दयालु बोली बोलेर पतिलाई प्रोत्साहन दिन्छिन्‌।—हितो ३१:२६

  • पतिलाई मण्डलीका सदस्यहरूसित समय बिताउन दिन्छिन्‌।—१थि २:७, ८

  • पतिसित भौतिक कुराको ज्यादा माग गर्दिनन्‌।—१ति ६:८

  • पतिसित मण्डलीका गोप्य कुराहरूबारे सोधखोज गर्दिनन्‌।—१ति २:११, १२; १प ४:१५