सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | हितोपदेश २७-३१

बाइबलले सुयोग्य पत्नीबारे बताउँछ

बाइबलले सुयोग्य पत्नीबारे बताउँछ

हितोपदेश ३१ अध्यायमा राजा लमूएललाई तिनकी आमाले दिएको महत्त्वपूर्ण सुझाव पाउँछौं। त्यो सुझावले लमूएललाई सुयोग्य पत्नीमा हुनुपर्ने गुणहरू बुझ्न मदत गऱ्यो।

सुयोग्य पत्नी भरोसायोग्य हुन्छिन्‌

३१:१०-१२

  • तिनी पतिको अधीनमा बस्दै परिवारमा गरिने निर्णयहरूबारे उपयोगी सुझाव दिन्छिन्‌

  • तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्‌, हरेक कुरामा आफ्नो अनुमति लिनुपर्छ भन्ने सोचाइ राख्दैनन्‌

सुयोग्य पत्नी मेहनती हुन्छिन्‌

३१:१३-२७

  • तिनले मितव्ययी हुन र राम्ररी घर-व्यवहार चलाउन सिकेकीले तिनको परिवारले सफा र चिटिक्क लुगा लगाउन सक्छन्‌ अनि पोषणयुक्त खानेकुरा खान पाउँछन्‌

  • तिनी कडा परिश्रम गर्छिन्‌ र दिनरात आफ्नो परिवारको हेरविचार गर्छिन्‌

सुयोग्य पत्नी आध्यात्मिक व्यक्ति हुन्छिन्‌

३१:३०

  • तिनी परमेश्वरको भय राख्छिन्‌ र उहाँसित घनिष्ठ सम्बन्ध बनाउँछिन्‌