सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | २ युहन्‍ना १-१३; ३ युहन्‍ना १-१४यहुदा १-२५

विश्‍वासमा रहिरहन हामीले अझ परिश्रम गरेर लड्‌नुपर्छ

विश्‍वासमा रहिरहन हामीले अझ परिश्रम गरेर लड्‌नुपर्छ

यहुदा ३

येसुले यस्तो सल्लाह दिनुभयो: “साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस गर।” (लुका १३:२४) येसुका यी शब्दहरूले परमेश्‍वरको नजरमा ग्रहणयोग्य हुन हामीले सङ्‌घर्ष गर्नुपर्ने र कडा मेहनत गर्नुपर्ने कुरालाई जनाउँछ। येसुको सौतेनी भाइ यहुदाले पनि परमेश्‍वरको प्रेरणा पाएर येसुले भन्‍नुभएको जस्तै कुरा भने। तिनले यसो भने: “विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड।” तल दिइएका कामहरू गर्न भरमग्दुर प्रयास गर्नुपर्ने हुन्छ:

  • अवैध यौनसम्बन्धबाट अलग रहन।—यहु ६, ७

  • अख्तियारमा भएकाहरूको आदर गर्न।—यहु ८, ९

  • ख्रिष्टियन शिक्षा अर्थात्‌ “अतिपवित्र विश्‍वास” बढाउँदै लैजान।—यहु २०, २१