सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

विवाह समारोहको तयारी गर्दा सांसारिक प्रभावबाट टाढै रहनुहोस्‌

विवाह समारोहको तयारी गर्दा सांसारिक प्रभावबाट टाढै रहनुहोस्‌

विवाह समारोहको लागि तयारी गरिरहेको ख्रिष्टियन जोडीले थुप्रै निर्णयहरू गर्नुपर्ने हुन्छ। तिनीहरूले समाजको चलनअनुसारै भव्य विवाह गर्ने दबाब महसुस गर्न सक्छन्‌। विवाह समारोहमा के-के गर्ने भन्‍नेबारे नजिकका साथीहरू र परिवारका सदस्यहरूको पनि आ-आफ्नै विचार हुन सक्छ। विवाह गर्न लागेका जोडीहरू सफा अन्तस्करण राख्दै अनि विना कुनै पछुतो आफ्नो विशेष दिन सम्पन्‍न होस्‌ भन्‍ने चाहन्छन्‌। त्यसो गर्न बाइबलका कस्ता सिद्धान्तहरूले तिनीहरूलाई मदत गर्छ?

यहोवालाई मन पर्ने किसिमको विवाह समारोह भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • निक र जुलीलाई बाइबलका यी सिद्धान्तहरूले कसरी मदत गऱ्‍यो?

  • मगनी गरिसकेका जोडीहरूले किन आध्यात्मिक रूपमा परिपक्व ख्रिष्टियन भाइलाई “भोजका प्रबन्धक”-को रूपमा छान्‍नुपर्छ?—युह २:९, १०.

  • निक र जुलीले व्यक्‍तिगत छनौटअनुसार विवाह समारोहको लागि योजना बनाउनुको कारण के थियो?

  • विवाह समारोह र त्यसपछिको भोजको लागि गरिने अन्तिम निर्णयको लागि को जिम्मेवार हुन्छन्‌?—w०६ ११/१ पृ. १८ अनु. १०.