यहोवालाई आफ्नो उत्तम कुरा दिनुहोस्
इस्राएलमा गरिबीको कारण कोही पनि यहोवासित शान्ति कायम गर्ने सुअवसरदेखि वञ्चित हुँदैनथ्यो। एकदमै गरिब इस्राएलीहरूले समेत यहोवालाई स्वीकार्य भेटी चढाउन सक्थे, तर त्यो तिनीहरूले दिन सक्ने सबैभन्दा उत्तम कुरा हुनुपर्थ्यो। तिनीहरूले पीठो चढाउन सक्थे तर यहोवा त्यो पीठो “मसिनो” भएको चाहनुहुन्थ्यो, जुन विशेष पाहुनाहरूको लागि प्रयोग गरिन्थ्यो। (उत्प १८:६) अहिले पनि हाम्रो अवस्थाले गर्दा सेवामा पहिलाजति गर्न नसके पनि हामीले चढाएको “प्रशंसाको बलिदान” उत्तम छ भने यहोवा त्यो स्विकार्नुहुन्छ।—हिब्रू १३:१५.
यसले तपाईँलाई बिग्रँदो स्वास्थ्य अवस्था वा बल घटेकोले गर्दा सेवामा पहिला जति गर्न नसक्दा कसरी प्रोत्साहन दिन सक्छ?