ख्रिष्टियन जीवन
“दुई साना सिक्का”-को मोल
विधवाले खसालेको अनुदानबाट एक छाक साधारण खाना पनि आउँदैनथ्यो। (“आफ्नो जीविका चलाउने सबै पैसा” nwtsty लुका २१:४ को अध्ययन नोट हेर्नुहोस्।) तर उनले दिएको अनुदानबाट यहोवाका प्रबन्धहरूप्रतिको उनको गहिरो प्रेम र कृतज्ञता देखियो। त्यसकारण स्वर्गमा बस्नुहुने बुबाको नजरमा उनको अनुदान निकै बहुमूल्य थियो।—मर्कु १२:४३.
‘यहोवालाई भेटी चढाउनुहोस्’ भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
हामीले दिएको अनुदानले के-कस्ता गतिविधिहरूमा टेवा पुऱ्याउँछ?
-
हामीले दिने अनुदान थोरैजस्तो देखिए तापनि त्यो किन बहुमूल्य हुन्छ?
-
हामी बस्ने ठाउँमा के-कस्ता तरिकामा अनुदान दिन सकिन्छ भनेर कसरी थाह पाउन सक्छौँ?—“ थप जानकारीको लागि इन्टरनेटमा हेर्नुहोस्” पेटी हेर्नुहोस्