सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्वास राख्न मदत गर्नुहोस्

छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्वास राख्न मदत गर्नुहोस्

सृष्टिले यहोवाको महिमा गर्छ। (भज १९:१-४; १३९:१४) तर सैतानको संसारले जीवनको सुरुवातबारे सृष्टिकर्ताको अनादर गर्ने सिद्धान्तलाई विशेष जोड दिन्छ। (रोमी १:१८-२५) यस्ता विचारले छोराछोरीको मनमा जरा गाड्‌न नदिन तपाईं के गर्न सक्नुहुन्छ? यहोवा वास्तविक हुनुहुन्छ र उहाँले हाम्रो ख्याल राख्नुहुन्छ भनेर सानैदेखि बुझाउनुहोस्। (२को १०:४, ५; एफि ६:१६) स्कुलमा कस्ता कुराहरू सिकिरहेका छन्‌ अनि त्यसप्रति तिनीहरूको सोचाइ कस्तो छ बुझ्ने कोसिस गर्नुहोस्। उपलब्ध सामग्रीहरू चलाएर मन छुने तरिकामा सिकाउनुहोस्।—हितो २०:५; या १:१९

ईश्वर छ कि छैनतपाईंका साथीहरू के भन्छन्‌? भन्ने भिडियो देखाएपछि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:

  • परमेश्वरबारे कस्ता मिथ्या कुरा फैलाएका छन्‌?

  • स्कुलमा कस्ता कुराहरू सिकाइन्छ?

  • यहोवा वास्तविक हुनुहुन्छ भनेर तपाईंलाई कुन कुराले विश्वस्त बनायो?

  • सबै थोक परमेश्वरले नै सृष्टि गर्नुभएको हो भनेर तपाईं अरूलाई कसरी बुझाउनुहुन्छ?