सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यशैया ५८-६२

‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’

‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’

‘यहोवाको ग्रहणयोग्य वर्षको’ शाब्दिक अर्थ छैन

६१:१, २

  • यो ग्रहणयोग्य वर्ष भनेको नम्रहरूलाई उहाँको सन्देश सुन्नको लागि दिइएको समय अवधि हो

  • इस्वी संवत्‌ २९ मा येशूले प्रचार गर्न थालेपछि यहोवाको ग्रहणयोग्य वर्ष सुरु भयो र ‘बदला लिने दिनमा’ अर्थात्‌ इस्वी संवत्‌ ७० मा यरूशलेमको विनाश हुँदा यसको अन्त भयो

  • हाम्रो समयमा सन्‌ १९१४ मा येशू स्वर्गमा परमेश्वरको राज्यको राजा हुनुभएपछि ‘ग्रहणयोग्य वर्ष’ सुरु भयो र यसको अन्त महासङ्‌कष्टमा हुनेछ

यहोवाले “धर्मको वृक्ष” दिएर आफ्ना जनहरूलाई आशिष्‌ दिनुभएको छ

६१:३, ४

  • संसारको सबैभन्दा अग्ला रूखहरू अक्सर जङ्‌गलमा अरू रूखहरूसँगै बढ्‌छ। यी रूखहरूले एक अर्कोलाई बढ्‌न मदत पुऱ्याउँछ

  • एकआपसमा जोडिएर चारैतिर फैलिएको जराले गर्दा रूखलाई झाङ्‌गिन र खराब मौसमको सामना गर्न मदत गर्छ

  • अग्ला रुखहरूले बिरुवाहरूलाई शीतल दिएर जोगाउँछ र झरेका पातहरूले चाहिं मल बनेर माटोलाई मलिलो बनाउँछ

विश्वभरिका ख्रीष्टियन मण्डलीका सबै सदस्यहरूले “धर्मको वृक्ष,” अर्थात्‌ अभिषिक्त जनहरूले दिनुहुने मदत र सुरक्षाबाट लाभ उठाउँछन्‌