नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं
यशैया ६५ अध्यायमा नयाँ आकाश र नयाँ पृथ्वी पुनर्स्थापित गर्ने विषयमा यहोवाले गर्नुभएको प्रतिज्ञा यति पक्का छ कि उहाँले त्यो पूरा भए जस्तैगरि बताउनुभयो।
यहोवाले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ र अघिअघिका कुराहरूको सम्झना हुनेछैन
नयाँ आकाश भनेको के हो?
-
नयाँ सरकार हो, जसले पृथ्वीमा राम्रा परिवर्तनहरू ल्याउनेछ
-
सन् १९१४ मा येशू परमेश्वरको राज्यको राजाको रूपमा सिंहासनमा विराजमान हुँदा यो नयाँ सरकारको स्थापना भयो
नयाँ पृथ्वी भनेको के हो?
-
नयाँ पृथ्वीले राजीखुसीसाथ परमेश्वरको शासनको अधीनमा बस्ने सबै राष्ट्र, भाषा अनि जातिका मानिसहरूको समाजलाई बुझाउँछ
अघिअघिका कुराहरूको सम्झना हुनेछैन भनी किन भन्न सक्छौं?
-
हामीलाई पिरोल्ने शारीरिक, मानसिक र भावनात्मक पीडाको सम्झना—सधैंको लागि नामेट हुनेछ
-
परमेश्वरप्रति वफादार रहने मानिसहरूले जीवनको पूरापूर आनन्द उठाउनेछन् अनि हरेक दिनको मीठो सम्झनामा रमाउनेछन