सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती १४-१५

येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ

येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ

इस्वी संवत्‌ ३२ को निस्तार चाडभन्दा केही समयअघि येशूले एउटा चमत्कार गर्नुभएको थियो। सुसमाचारको पुस्तकहरूका चारै जना लेखकले रेकर्ड गरेको चमत्कार यो मात्र हो।

यो चमत्कारमा येशूले भोजन खुवाउन एउटा तरिका सुरु गर्नुभयो, जुन तरिका उहाँ आजसम्म चलाउँदै हुनुहुन्छ।

१४:१६-२१

  • येशूका चेलाहरूसित पाँचवटा रोटी र दुईवटा माछा मात्र थियो, तैपनि येशूले तिनीहरूलाई ठूलो भीडलाई खुवाउन निर्देशन दिनुभयो

  • येशूले रोटी र माछा लिनुभयो अनि प्रार्थना गरेपछि चेलाहरूलाई दिनुभयो, त्यसपछि चेलाहरूले ती रोटी र माछा भीडलाई बाँडे

  • चमत्कारपूर्ण ढङ्‌गमा खानेकुरा सबैलाई पुग्यो र अझै उब्रियो। येशूले आफ्ना केही चेलाहरूमार्फत हजारौंलाई खुवाउनुभयो

  • अन्तको दिनमा “ठीक समयमा भोजन” दिनका लागि एउटा माध्यम चलाउनेछु भनी येशूले भविष्यवाणी गर्नुभएको थियो।—मत्ती २४:४५.

  • सन्‌ १९१९ मा येशूले “विश्‍वासी र बुद्धिमान्‌ दास” अर्थात्‌ अभिषिक्‍त जनहरूको एउटा सानो समूहलाई “आफ्नो घरका अरू दासहरू” अर्थात्‌ आध्यात्मिक भोजन खानेजति सबैमाथि नियुक्‍त गर्नुभयो

  • येशूले प्रथम शताब्दीमा जुन तरिका सुरु गर्नुभएको थियो, त्यही तरिका चलाउँदै यी अभिषिक्‍त भाइहरूको सानो समूहमार्फत भोजन दिंदै हुनुहुन्छ

येशूले आफ्ना मानिसहरूलाई आध्यात्मिक भोजन खुवाउन चलाइरहनुभएको माध्यमलाई म कसरी चिन्‍न र त्यसप्रति आदर देखाउन सक्छु?