सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती १८-१९

ठेस खान र ठेस पुऱ्‍याउनदेखि होसियार हुनुहोस्‌

ठेस खान र ठेस पुऱ्‍याउनदेखि होसियार हुनुहोस्‌

ठेस खानु वा अरूलाई ठेस पुऱ्‍याउनु कति गम्भीर कुरा हो भनेर बुझाउन येशूले दृष्टान्तहरू चलाउनुभयो।

१८:६, ७

  • “बाधा”-ले कुनै व्यक्‍तिलाई गलत मार्ग पछ्याउन, नैतिक तवरमा ठेस खान वा पतित हुन अथवा पाप गर्नतर्फ डोऱ्‍याउने कुनै काम वा परिस्थितिलाई बुझाउँछ

  • कुनै व्यक्‍तिले अरूलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई ठूलो जाँतो घाँटीमा झुन्ड्‌याएर गहिरो समुद्रमा डुबाइदिनु बेस हो

जाँतो

१८:८, ९

  • हात वा आँखाजस्ता बहुमूल्य कुरा नै किन नहोस्‌, यदि त्यसले आफूलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई फालिदिनू भनेर येशूले आफ्ना चेलाहरूलाई सल्लाह दिनुभयो

  • कुनै कुरा आफूलाई जति नै बहुमूल्य लाग्ने भए तापनि त्यस्तो कुरालाई पक्रिराखेर गेहेन्‍ना जानु अर्थात्‌ सदाको लागि विनाश हुनुभन्दा त्यसलाई त्यागेर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु बेस हो

मेरो लागि कुन कुरा ठेस लाग्ने कारण बन्‍न सक्छ अनि आफू ठेस खान वा अरूलाई ठेस पुऱ्‍याउनदेखि म कसरी जोगिन सक्छु?